काठमाडौं । खेल प्रेमीहरुको बहुप्रतिक्षित प्रतियोगिता फिफा विश्वकप फुटबल आजबाट रुसमा सुरु हुँदैछ । रुसको विभिन्न सहरमा हुने २१ औं संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रको समूह विभाजन गरिसकेको छ । फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गर्दै विश्वकपको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।
२१ औं संस्करणको विश्वकपको उद्घाटन खेल लजनिकी रंगशालामा हुँदैछ । जसमा, आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छन् । पहिलो दिन उद्घाटन खेल मात्र हुने छ ।
विश्वकपको अन्य समूह चरणको खेलहरु असार १ गतेबाट हुनेछ । समूह चरणको खेल असार १४ गतेबाट सकिने छ । समूह चरणको खेलपछि अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ ।
यस्तै क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।
विश्वकपको खेल तालिका नेपाली समय अनुसार -