सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक चुनाव – महासचिवका आकांक्षी धेरै !

आइतबार, ०८ भाद्र २०७६हिम बिक्रम केसी
ओलम्पिक चुनाव – महासचिवका आकांक्षी धेरै !
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को चुनाव चर्चामा छ । नयाँ नेतृत्वका लागि दुई पुरानै अनुहार प्रतिस्पर्धामा छन् ।

एनओसीका वर्तमान अध्यक्ष जिवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले नेतृत्वमा दाबी गरेका छन् ।

अध्यक्षमा दुई जनाको मात्र प्रतिस्पर्धा देखिदा अर्को महत्वपुर्ण पद महासचिवमा भने आधा दर्जन बढी आकांक्षी देखा परेका छन् ।

यसअघि जीवनराम श्रेष्ठलाई सहयोग गर्दै आएका धेरै सदस्यले महासचिवमा ईच्छा देखाएका छन् । महासचिवका आकांक्षीलाई व्यवस्थापन गर्न वर्तमान नेतृत्वलाई चुनौतीपुर्ण देखिन्छ । अघिल्लो पटक नेपाल बास्केटबल संघका अध्यक्ष लामाटेण्डी शेर्पालाई लिएर नेतृत्वमा होमिएका जीवनरामले यसपटक कसको साथ रोज्लान् ?

उत्तरका लागि केही दिन पर्खन पर्नेछ ।

तर दुई कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको रुपमा बताएका जीवनरामलाई चुनावी अंक गणित अरु भन्दा केही सहज हुने निश्चित छ ।

नयाँ नेतृत्वका लागि हुने निर्वाचन भदौ २० गतेका लागि तोकिएको छ । नेतृत्वका आकांक्षीले पर्सी (मंगलबार) बिहान १० देखि अपरान्ह ५ सम्म उम्मेदवारी दर्ता गर्नेछन् ।

तर उम्मेदवारी दर्ता गर्नु अघि ६ बढी सदस्यले महासचिवमा दाबेदारीता प्रस्तुत गरेका छन् ।

निलेन्द्रलाल श्रेष्ठ

नेपाल ट्रायथलन संघका अध्यक्ष हुन्, निलेन्द्र । आफुलाई खेलकुदको ‘होलटाईमर’ कार्यकर्ता मान्ने निलेन्द्र वर्तमान कार्यसमितिका सदस्य हुन् ।

महासचिवको रुपमा लामा टेण्डी शेर्पाले स्वास्थ्यको कारण ओलम्पिक कमिटिमा धेरै समय काम गर्न पाएनन् । फरक गुटबाट आएका उप महासचिवले राजीव श्रेष्ठले कार्यवहाकको जिम्मेवारी पाउन सकेनन् । बरु एनओसीको वर्तमान नेतृत्वले निलेन्द्रलाई नजिक राखेर कमिटिका धेरै व्यवस्थापकीय कामको जिम्मेवारी थियो । उनी साच्चिकै ‘होमटाईमर’ कार्यकर्ता जस्तै अधिकांश समय एनओसी भवनमै बिताउँछन् ।

एथ्लेटिक्स हुँदै ट्रायथलनमा जमेका निलेन्द्र एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठको नजिक मानिन्छन् । चुनावी प्रतिस्पर्धामा उनी जीवनरामको समुहबाट महासचिवको दाबेदारको रुपमा हेरिएको छ । खेलपाटीसंग कुरा गर्दै निलेन्द्रले एनओसीको निर्वाचनमा आफुले महासचिवमा उम्मेदवारी दिने बताएका छन् ।

‘पुरा जिन्दगी खेलकुदमा बिताए । चार बर्ष सक्रिय बनेर पुरै समय ओलम्पिकलाई दिए । त्यसैले समेत आफुलाई यस पदको योग्य ठानेको छु ।’ उनले भने ।

उनले महासचिवको रुपमा ओलम्पिकमा हुन नसकेका धेरै काम गर्ने योजना आफुसंग रहेको दाबी गरेका छन् ।

‘ओलम्पिकको छातामा रहेर धेरै नयाँ काम गर्ने मन छ ।’ उनले थपे, ‘धेरै योजनाहरु छन् । महासचिवको रुपमा त्यसको कार्यान्वयन गर्न सक्छु भन्ने लागेको छ ।’

खेलकुदनै अध्ययनको बिषय बनाएका निलेन्द्रले खेलाडी, प्रशिक्षक र व्यवस्थापकको रुपमा खेलकुदमा आफ्नो अनुभव रहेको दाबी गर्छन् ।

‘खेलाडी, प्रशिक्षक र व्यवस्थापको रुपमा काम गरेका हुनाले सबै हिसाबले काम गर्न सक्छु भन्ने लागेको छ ।’ उनले भने, ‘सात बर्ष खेलकुदनै पढेको हुनाले महासचिव पदलाई सहि तरिकाले उपयोग गर्न सक्छु भन्ने सोच हो ।’

पुरेन्द्र लाखे

घरेलु खेलकुदका सदाबहार खेलाडी हुन्, पुरेन्द्र लाखे । राखेपको नेतृत्वको रमेशकुमार सिलवालको आगमनसंगै नेपाली खेलकुदमा लाखे फेरी शक्तिशाली बन्ने धेरैले लख काटेका थिए । कारण वर्तमान सदस्य सचिवसंग लाखेको राजनीतिक साईनो मात्र छैन, व्यापारिक साझेदारी समेत छ । दुवै मिलेर शिक्षा क्षेत्रमा एक मिसायल खडा गर्ने लक्ष्य राखेका थिए, तर समयले सिलवाललाई सदस्य सचिवको कुर्सीमा पु¥याएको छ ।

खेलकुदको नेतृत्वमा आएपछि सिलवालले आफ्ना धेरै जिम्मेवारी लाखेलाई छाडेका छन् । तर एनओसीको निर्वाचन नजिकिदै गर्दा सदस्य सचिव लाखेको बिषयमा कत्तिको सहयोग बन्छन्, त्यो समयले देखाउनेछ ।

खेलपाटीसंग कुरा गर्दै लाखेले आफु महासचिवको दाबेदार रहेको प्रष्ट रुपमा राखे ।

एनओसी उपाध्यक्ष समेत रहेका लाखे पार्टी राजनीतिमा एनओसीका वर्तमान अध्यक्ष जीवनरामको विपरित गुटका मानिन्छन् । सोही कारण धेरैले उनलाई उमेशलाल समुहबाट महासचिव बन्ने आँकलन गरेका छन् ।

एनओसीको भावी नेतृत्वको रुपमा समेत हेरिएको महासचिवमा लाखेले आफुले उम्मेदवारी दिने प्रष्टसंग भनेका छन् । करिब १२ बर्षको एनओसीमा बिताएको अनुभवका आधारमा अरु भन्दा महासचिवमा आफु योग्य रहेको लाखेको दाबी छ ।

‘१२ बर्षको एनओसीको अनुभव र समर्पणलाई जोड्दा आफुलाई योग्य ठानेको छु ।’ उनले भने, ‘चुनाव पश्चात योजनाबद्व रुपमा काम गर्नेछु ।’

दुई कार्य सदस्य र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारीमा एनओसीमा बसेका उनी खेलकुद राजनीतिमा प्रभावशाली मानिन्छन् ।

चतुरानन्द वैद्य 

नेपाल टेबुल टेनिस संघका सदबहादर अध्यक्ष जस्तै हुन्, चतुरानन्द वैद्य । एक हिसावले उनलाई अभागी भने पनि हुन्छ । अघिल्लो चुनावमा उनले उपमहासचिवमा उम्मेदवारी दिएका थिए । तर गोलाप्रथामा हार्न पुगे । उनलाई उमेशलाल प्यानलबाट चुनाव लडेका राजिब श्रेष्ठले हराईदिए, त्योपनि गोलाप्रथामा । दुवैले समान १३ भोट पाए, तर चतुरानन्द भने अभागी ठहरिए ।

घरेलु खेलकुद, अझ भनौ टेबल टेनिसमा लामो ईतिहास बोकेका चतुरानन्दले नयाँ कमिटिमा महासचिवमा उम्मेदावरी दिने बताएका छन् । अघिल्लो पटक जीवनराम समुहकबाट उप महासचिव लडेका उनले यसपटक के गर्लान् ? यसै भन्न सक्ने अवस्था छैन ।

तर संघ, खेलाडी र व्यवस्थापको रुपमा लामो अनुभव एनओसीमा खर्च गर्ने उनको योजना छ । करिब एक कार्यकाल कार्यसमिति सदस्यमा बिताएका उनले आफुले महासचिवमा उम्मेदवारी दिने खेलपाटीसंग बताए ।

‘जे जति सहयोग एनओसीले नेपाली खेलकुदमा पु¥याएको छ, त्यसलाई अझ बढाउने काम गर्नुछ ।‘ उनले भने, ‘खेलाडी र खेलकुद संघले पाउदै आएको सहयोग बढाएर अझ बढी अवसर सिर्जना गर्ने मेरो लक्ष्य रहन्छ । आईओसीले उपलब्ध गराउने सोलिडारिटी रकम धेरै भन्दा धेरै नेपाल भित्राउने बिषयलाई मुख्य रुपमा सोचेको छु ।’

रामजी बहादुर श्रेष्ठ

भन्नेहरु भन्छन्, रामजीले जिवनमा ब्याटमिन्टन बाहेक केही सोचेनन्, केही जानेनन् । उनले सबथोक ब्याटमिन्टनलाई माने । न कसैकाविरुद्व चर्को बोले, न सुने । त्यसैले उनी घरेलु खेलकुदमा सबैको प्रिय बने ।

रामजी नेपाल ब्याटमिन्टन संघका केन्द्रिय अध्यक्ष हुन् । उनैले एनओसीको आसन्न चुनावमा महासचिवको रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । लामो समय खेलकुदमा बिताएको हिसाबमा महासचिवमा आफ्नो हक लाग्ने उनी बताउँछन् ।

खेलपाटीसंग कुरा गर्दै उनले आफु महासचिवको दाबेदार रहेको प्रष्टसंग बताए ।

‘एक कार्यकाल कार्यसमितिमा बसेर काम गरे । ओलम्पिकमा मुभमेन्ट अनुसार खेलाडीलाई बढी भन्दा बढी सुविधा दिने योजना छ ।’ उनले भने, ‘खेलकुदका संघलाई बढी भन्दा बढी अन्तराष्ट्रिय सहयोग उपलब्ध गराउने मेरो काम हुनेछ ।’

‘मेरो अनुभवका आधारमा अन्तराष्ट्रिय रुपमा धेरै गर्न सक्छु भन्ने लागेको छ ।’ उनले थपे ।

माथिल्ला प्रस्तुत गरिएका पात्रसंगै अरु केही नाम समेत एनओसीको भावी महासचिवको रुपमा चर्चामा छन् । त्यसमा राजीब श्रेष्ठ र समिम मिया अन्सारीको नाम छुटेको छैन ।

ओलम्पिकमा राजीबको आगमनले धेरैलाई आश्चार्य दिलाएको छ । उनी बक्सिङ संघको प्रतिनिधित्व गर्दै अघिल्लो पटक एनओसीको उप महासचिवसम्म पुगेका थिए । कांग्रेसको राजनीतिक पृष्ठभुमी बोकेका राजीव यसबीचमा खेलकुद राजनीतिको शिकार बने ।

बक्सिङ संघको नेतृत्वबाट उनी हट्न पर्यो । धेरैले मानेका थिए, राजीबको खेलकुद राजनीति अब सकियो । तर उनी फेरी ¥याफटिङ संघबाट एनओसी प्रतिनिधिको रुपमा वर्तमान नेतृत्वलाई धावा बोल्न आईपुगको छन् ।

एनओसीको वर्तमान नेतृत्व र नेतृत्वको कार्यशैलीको सार्वजनीक रुपमा विरोध गर्ने राजीवले अघिल्लो पटक उमेशलाल प्यानलबाट चुनाव लडेका थिए । अहिले समेत उनले उमेशलाललाई नेतृत्वमा सघाउने पक्का छ । त्यसैले समेत एनओसीमा उनको प्रतिनिधित्वलाई वर्तमान नेतृत्व विवादीत बनाउन लागि परेको खेलकुद राजनीतिमा चर्चा छ ।

महासचिवका अर्का दाबेदारको रुपमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको नाम चर्चामा छ । उनी कुस्ती संघबाट प्रतिनिधित्व गर्दै एनओसी चुनावमा भाग लिदै छन् ।

वर्तमान कार्यसमिति सदस्यमा रहेका अन्सारी एनओसी अध्यक्ष श्रेष्ठको निकट मानिन्छन् । तत्कालिन एमाले र वर्तमान नेकपाको राजनीतिमा मुस्लिम समुदायको नेतृत्व गर्ने अन्सारी संवैधानिक आयोगको प्रमुखको हैसियतमा कसरी एनओसीमा महासचिवकोे चुनाव लड्छन् ? प्रश्न विचारणीय छ ।

तर खेलपाटीसंग कुरा गर्दै अन्सारीले महासचिवमा उम्मेदवारी दिने योजना बनाएको प्रष्टसंग बताएका छन् ।

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित