काठमाडौं । किर्गीस्तान एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान उपाधि नजिक पुगेको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा किर्गीस्तानले तुर्कमेनिस्तानलाई २५-१७, २५-१८ र २५-२२ को सेटमा पराजित गर्यो ।
अब किर्गीस्तानले फाइनलमा उज्वेकिस्तान र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ । उज्वेकिस्तान र माल्दिभ्सबीचको दोस्रो सेमिफाइनल आजै हुनेछ ।
प्रतियोगितामा किर्गीस्तान समूह 'ए' को विजेता र तुर्कमेनिस्तान समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।