काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह 'डी' मा परेको छ । एसियन गेम्स आयोजक कमिटिले शुक्रबार निकालेको ड्रमा नेपाल समूह 'डी' मा परेको हो ।
नेपालको समूहमा दक्षिण कोरिया र चाईनिज ताइपे रहेको छ । शीर्ष दुई टोलीले दोस्रो चरणको यात्रा गर्ने छन् ।
एसियन गेम्सको पुरुष भलिबलमा २० टोलीको सहभागिता रहेको छ । आयोजकले २० टोलीलाई ६ समूहमा बिभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।
आगामी अगस्टमा हुने एसियन गेम्सको लागि अहिले नेपाली टोली महेन्द्र नगरमा तयारी गरिरहेको छ । नेपाली टोलीको क्लोज क्याम्पमा १६ खेलाडी रहेका छन् ।
नेपाली टोलीलाई दुई विदेशी प्रशिक्षक र नेपाली प्रशिक्षकहरुले प्रशिक्षण गराईरहेका छन् । नेपाली टोलीलाई प्रशिक्षण दिन नेदरल्याण्डका लेस्ली डे जोंगे र छोलो दार्मिरले प्रशिक्षण गराईरहेका छन् ।