एजेन्सी । महेन्द्र सिंह धोनी र के एल राहुलले शतकिय ईनिङ्स खेलेपछि भारतले विश्वकप अघिको वार्मअप खेलमा बंगलादेशलाई बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ५९ रन बनायो ।
अन्तिम विश्वकपको तयारी गरिरहेका धोनीले प्रतियोगिता अघि शतक प्रहार गर्दै उच्च प्रर्दशनको अपेक्षा प्रस्तुत गरेका छन् ।
धोनीले १ सय १३ र राहुलले १ सय ८ रन बनाए । ओपनर रोहित शर्मा १९ रनमा आउट भएको खेलमा शिखर धवन १ रनमा पोविलियन फर्किएका थिए ।
विराट कोहली ४७ रनमा आउट भएका थिए ।
विजय शंकर २ रनमा आउट हुदाँ हार्दिक पाण्डेयाले २१ रन मात्र बनाउन सके ।
बंगलादेशका रुबेल हुसन र सकिब अल हसनले समान २-२ विकेट लिए ।