एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेल अन्तर्गत वेष्ट इण्डिजले न्युजिल्याण्डलाई जितका लागि ४२२ रनको फराकिलो लक्ष्य दिएको छ ।
ब्रिस्टोलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४९ ओभर २ बलमा अलआउट हुँदै ४२१ रन बनायो ।
वेष्ट इण्डिजका लागि साई होपले १०१ रनको शतकीय इनिङ्स खेले । यस्तै आन्द्रे रसेलले ५४ रन र इभिन लेविसको ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
न्युजिल्याण्डका लागि ट्रेण्ड बोल्टले ४ विकेट लिए । यस्तै म्याट हेनरीले २ विकेट लिए ।
इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।