काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाको अध्यक्षतामा क्रिकेट प्रशिक्षक संघ गठन भएको छ ।
टमटाको अध्यक्षतामा मंगलबार १४ सदस्सीय कमिटि गठन गरिएको हो । क्रिकेट प्रशिक्षकहरुलाई समेटेर नेपालमा पहिलो पटक क्रिकेट प्रशिक्षक संघ गठन गरिएको हो ।
क्रिकेट प्रशिक्षकहरुको हकहितलाई मध्ये नजर गर्दै संघ गठन गरिएको अध्यक्ष टमटाले खेलपाटीलाई जानकारी गराए ।
'हामीले धेरै अघिबाट गर्ने भनेर लागेका थियौं । धेरै पछि हामीले गठन गर्न सकेका छौँ । खुसी लागेको छ,' अध्यक्ष टमटाले भने,'हामीले प्रशिक्षकहरुको हकहितको लागि र नेपाली क्रिकेट विकासको लागि गठन गरिएको हो ।'
यस कमिटिले ६ महिना भित्र संघको विधान तय गर्दै साधारणसभा गर्नेछ ।
संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिबमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश बिष्ट रहेका छन् ।
यस्तै कार्यकारी सदस्यहरुमा सामसन जंग थापा, शेरबहादुर लामा,निरा राजोपाध्याय,मनोज कटवाल,प्रकाश शर्मा,ज्ञानेन्द्र क्षेत्रि र रिजन प्रिजु रहेका छन् ।
संघको सल्लाहकारमा उपेन्द्र भट्टराई, अरुण अर्याल र सुनोज भट्टराई रहेका छन् ।