काठमाडौं । मध्य-पश्चिम क्रिकेट क्लबले वाईवाई कर्णाली प्रिमियर लिगमा जित निकालेको छ ।
आइतबार भएको खेलमा मध्य-पश्चिमले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा लालीगुराँसले दिएको ११२ रनको लक्ष्य मध्य-पश्चिमले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
मध्य-पश्चिमका शैलेन्द्र यादवले अविजित ५३ रन तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । मध्य-पश्चिमका लागि आकाश बिष्ट र अजय साहनीले ३/३ विकेट लिए । लालीगुराँसको लागि प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाएका थिए।
मध्य-पश्चिमका लागि आकाश बिष्ट र अजय साहनीले ३/३ विकेट लिए ।
मध्य-पश्चिमको यो पहिलो जित हो । लालीगुराँसको भने यो लगातार तेस्रो हार हो ।