काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनायो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
मलेसियाका लागि सचिनु हित्तेजले ३ तथा जिनेंद्र मुरालेले २ विकेट लिए ।
मलेसिया नेपालसंग समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्ने योजनामा रहेको छ ।
समूह चरणको भेटमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपाल साे जितलाई कायम राख्दै उपाधि घर ल्याउन चाहन्छ ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा सिंगापुर सेमिफाइनलमा मलेसियासंग पराजित भएको थियो भने हङकङलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।