काठमाडौँ। आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा अलराउन्डर वानिन्दु हसरंगाले श्रीलंकाली टोलीको नेतृत्व गर्ने भएका छन्।
गत वर्षको डिसेम्बरमा उनी श्रीलंकाली टी–२० टोलीको कप्तानमा नियुक्त भएका थिए। मध्यक्रमका ब्याट्सम्यान चरिथ असालंकालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
श्रीलंकाली टोलीमा अनुभवी एन्जेलो म्याथ्युजले पुनरागमन गरेका छन्। उनले लगभग तीन वर्षको अनुपस्थितिपछि यसै वर्षको जनवरीमा टी–२० फर्म्याटमा पुनरागमन गरेका थिए।
म्याथ्युजको यो छैटौँ टी–२० विश्वकप हो। श्रीलंकाले सन् २०१४ को जित्दा म्याथ्युज टोलीको सदस्य रहेका थिए।
श्रीलंकाको टोली :
वानिन्दु हसरंगा (कप्तान), चरिथ असालंका (उपकप्तान), कुशल मेन्डिस, पाथुम निसानका, कामिन्दु मेन्डिस, सदिरा समरविक्रमा, एन्जेलो म्याथ्यूज, दासुन शनाका, धनञ्जय डी सिल्भा, महेश तिक्षाना, दुनिथ वेल्लाला, दुष्मंता चमीरा, नुवान तुषारा, मथिशा पथेराना र दिलशान मदुशंका
रिजर्भ खेलाडी :
असिथा फर्नान्डो, विजयकान्त व्यासकान्त, भानुका राजपक्षे र जानिथ लियानागे