काठमाडौँ। तीव्रगतिका बलर सोमपाल कामी वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा अभागी ठहरिएका छन्।
नेपालका लागि तीव्रगतिका बलर सोमपालले पाँचौँ ओभरको दोस्रो बलमा मार्क डेयाललाई बोल्ड गरेका थिए।
तर, थर्ड आम्पायरले नो बलको इशारा गरेपछि डकआउटतर्फ गइसकेका डेयाल पुन: फर्किए। त्यसपछि सोमपालले वाइड फ्याँके। फ्री हिटमा उनले पुन: डेयाललाई बोल्ड गरेका थिए। तर, फ्री हिटमा आउट नहुने भएको कारण डेयालले जीवनदान प्राप्त गरे।