काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्। नेपालका लागि पहिलो सफलता स्पिनर सागर ढकालले दिलाएका हुन्।
उनले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाएर खेलिरहेका कादिम एलिनेलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए।