काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेल अलराउन्डर गुल्शनकुमार झा आराम दिएका छन्।
शृंखलाका चारै खेलमा उनले मौका पाएका थिए। तर, उनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। उनले २० को औसत र १५३.८४ को स्ट्राइक रेटमा ६० रन बनाएका छन्। बलिङतर्फ पनि उनले राम्रो प्रदर्शन गर्न सकेका छैन।
३ इनिङ्समा ६ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएका छन्। तर, विकेट लिन सकेका छैनन्।