काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
तेस्रो नम्बरमा उत्रिएका उनले ३० बलमा अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गर्नेक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे।
अर्धशतक पूरा गर्नेक्रममा उनले १५औँ ओभरमा करण केसीको बलमा २ चौका र १ छक्का प्रहार गरेक थिए।