काठमाडौँ। आईसीसी टी–२० विश्वकपका लागि इङ्ग्ल्यान्डले टोली घोषणा गरेको छ। टोलीमा क्रिस जोर्डन र जोफ्रा आर्चरले पुनरागमन गरेका छन्। आर्चर एक वर्षपछि प्रतिस्पर्धात्मक क्रिकेटमा फर्कनेछन्।
दाहिने कुहिनाको चोटका कारण आर्चर मे २०२३ देखि मैदान बाहिर थिए। आर्चरलाई रहेको बताइएको छ। यस्तै, जोर्डनले आफ्नो अन्तिम टी–२० खेल सेप्टेम्बर २०२३ मा न्यूजिल्यान्डविरुद्ध खेलेका थिए।
तल्लोक्रममा ठूलो सट प्रहार गर्ने क्षमताका कारण उनलाई विश्वकप टोलीमा समावेश गरिएको हो। यसका साथै डेथमा इङ्ग्ल्यान्डका लागि उनी उत्कृष्ट विकल्प हुन्।
‘जोर्डनसँग डेथ ओभरमा बलिङ गर्नुका साथै ठूला सट प्रहार गर्ने क्षमता छ। उनको कौशलले क्यारिबियन माटोमा हाम्रो लागि काम गर्नेछ। आर्चर हाम्रा लागि विशेष बलर हुन्,’ इङ्ग्ल्यान्डका क्रिकेट निर्देशक रोब कीले भने।
इङ्ल्यान्डको टोलीमा टम हार्टले स्थान बनाएका छन्। हार्टलेले भारतविरुद्धको टेस्ट शृंखलामा २३ विकेट लिएका थिए। हार्टलीलाई मुख्य स्पिनर रेहान अहमदको ‘ब्याकअप’को रूपमा टोलीमा राखिएको हो।
जेमी ओभरटन ढाडको चोटका कारण टोलीमा अटाउन सकेनन्। इङ्ग्ल्यान्डले ब्याटिङमा बेन स्टोक्सको कमी महसुस गर्न सक्छ।
यद्यपि, टोलीसँग जोस बटलर, फिल साल्ट र विल ज्याक विकल्पको रूपमा हुने छन्। उनीहरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट लयमा छन्। त्यस्तै, जोनी बेयरस्टो चौथो नम्बरमा ब्याटिङ गरिरहेको देख्न सकिन्छ।
बेयरस्टोले हालै कोलकाता नाइट राइडर्सविरुद्ध पञ्जाब किंग्सले बनाएको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गरेका थिए।
यी चार खेलाडीबाहेक मोइन अली, लियाम लिभिङस्टन, साम करन र रीस टोप्ले आईपीएल प्लेअफअघि स्वदेश फर्कने छन्। यस्तै, इङ्ल्यान्डले विश्वकप अगाडि पाकिस्तानसँग टी–२० शृंखला पनि खेल्ने छ। शृंखला मे २२ देखि शुरू हुनेछ।
मे ३१ मा इङ्ग्ल्यान्डको टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ। जुन ४ मा इङ्ग्ल्यान्डले आफ्नो पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ।
इङ्ग्ल्यान्डको टोली
जोस बटलर (कप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टन, मोइन अली (उपकप्तान), साम करन, क्रिस जोर्डन, टम हार्टले, आदिल राशिद, मार्क वुड, जोफ्रा आर्चर र रीस टोप्ले।ब