काठमाडौँ। मध्यक्रमका कुशल मल्ल वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा खाता नै नखोली आउट भएका छन्।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनी विकेटकिपर आन्द्रे फ्लेचर र केसी कार्थीबाट रन आउट भएका हुन्।
पहिलो खेलमा उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाएका थिए। उक्त खेलमा पनि उनी जोनसन चार्ल्स र फ्लेचरबाट रन आउट भएका थिए।