काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा ९ बलमा ५ रन बनाएका अनिल साह दोस्रो खेलमा पनि चल्न सकेनन्।
पहिलो खेलमा म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट उनी क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सकेन। ओशान थोमसको बललाई प्रहार गर्नेक्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।