काठमाडौँ। नेपालले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर अनिलकुमार साहलाई गुमाएको हो।
अनिलले ८ बलमा ५ रन बनाए।
उनी म्याथ्यू फोर्डको बलमा कादिम एलीनबाट क्याच आउट भएका हुन्।