काठमाडौँ। कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा मधेशलाई पराजित गरेको छ।
आइतबार सम्पन्न दिनको दोस्रो खेलमा कर्णालीले मधेशलाई ६ विकेटले पराजित गरेको हो। मधेशले दिएको १२१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
कर्णालीका ओपनर विपिन रावलले सर्वाधिक ४१ रन बनाए। ४० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।विपिन शाही १७ र रविन्द्र शाही १४ रनमा आउट हुँदा हिमान्शु शाही ३२ र राजु शाही १ रनमा अविजित रहे।
मधेका प्रदीप पासवान र अभिषेक तिवारीले २/२ विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनायो।
मधेशका मयान यादवले सर्वाधिक ३६ रन बनाए। ३२ बल खेलेका उनल ४ चौका र १ छक्का प्रहार गरे। प्रदीप पासवान १८ र राहुल मण्डल ११ रनमा आउट हुँदा विशाल पटेल ३२ रनमा अविजित रहे।
कर्णालीका युनिस ठकुरीले सर्वाधिक २ विकेट लिए। दिवश पुन, दीपेन्द्र रावत, दीपेश अधिकारी र प्रकाश जैशीको नाममा १/१ विकेट रह्यो।
जितसँगै पाँचौँ स्थानमा उक्लिएको कर्णालीले २ खेलबाट ४ अंक जोडेको छ। चौथो स्थानमा रहेको मधेशले ४ खेलबाट ४ अंक जोडेको छ।