काठमाडौँ। साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि शुक्रबार यूएईको सामना गर्दै छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेबाट शुरू हुनेछ। नेपालले समूह बी मा शतप्रतिशत जित हासिल गर्दै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।
उता, यूएई भने समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो।