काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गरेसँगै मलेसियाले एसीसी प्रिमियर कपमा नेपाललाई १४४ रनको लक्ष्य दिएको छ।
अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो।
मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए। ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए। यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो।