काठमाडौँ। एसीसी प्रिमियर कपमा साविक विजेता नेपालले मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मन्त्रालय टर्फ १)मा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङ गर्ने भएको हो।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले प्लेइङ ११ मा सन्दीप जोरा र अभिनास बोहरालाई समेटेका छन्।
उनीहरूबाहेक कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल र ललितनारायण राजवंशी पनि प्लेइङ ११ मा छन्।