काठमाडौँ। साविक उपविजेता यूएईले एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न खेलमा समूह ‘बी’ मा रहेको यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको हो।
कुवेतले दिएको १७९ रनको लक्ष्य यूएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ९० रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरे।
यस्तै, आशिफ खानले ४८ बलमा ४ चौका र ५ छक्कासहित अविजित रहँदै ७४ रन बनाए। शाहरुख कुर्दूसले सर्वाधिक २ विकेट लिए। यासिन पटेलको नाममा १ विकेट रह्यो।
त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २)मा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनायो।
कुवेतका ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ५४ रन बनाए। २३ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। उस्मान पटेल २७, मिट भावसार २५ बिलाल ताहिर २३ र रविजा सन्डारुवान २१ रनमा आउट भए।
यूएईका अलि नासिर र बासिल हमिदले ३/३ विकेट लिए। आयन अफजल खान र मोहम्मद फारुखको नाममा १/१ विकेट रह्यो।