काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत उद्घाटन खेलमा नेपालले शुक्रबार मलेसियाको सामना गर्दै छ।
अल अमेरात क्रिकेट ग्राउन्ड ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदै छ।
नेपाल गत वर्षको विजेता हो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
मलेसियाभने समूह चरणबाटै बाहिरिएको थियो। समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
मलेसियाले भने कतार र साउदीलाई पराजित गरेको थियो। यद्यपि, मलेसिया अंक तालिकामा तेस्रो स्थानमा रहेपछि त्यहाँभन्दा माथि पुग्न असफल भएको थियो।