काठमाडौँ। दिनेश कार्तिकको तुफानी अर्धशतकका बाबजुद रोयल च्यालेन्जर्स बेंगलुरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजित भएको छ।
बिहीबार सम्पन्न खेलमा बेंगलुरू मुम्बई इन्डियन्ससँग ७ विकेटले पराजित भएको हो। मुम्बईको यो दोस्रो जित हो। यस्तै, बेंगलुरूको यो पाँचौँ हार हो।
बेंगलुरूले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो।
मुम्बईको जितमा ओपनर इशान किशनले सर्वाधिक ६९ रनको इनिङ्स खेले। ३४ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। सुर्यकुमार यादव ५२ र रोहित शर्मा ३८ रनमा आउट हुँदा। कप्तान हार्दिक पान्ड्या २१ र तिलक बर्मा १६ रनमा अविजित रहे।
बेंगलुरूका आकाश दीप, विजयकुमार वैशाख र विल जेक्सले १/१ विकेट लिए।