काठमाडौँ। नेपाल ‘ए’का ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्।
विनोद भण्डारीसँग ओपनिङ जोडिमा उत्रिएका उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १०१ रन बनाएका हुन्।
उनले १३औँ ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए। आयरल्यान्डका थोमस मेयरले फ्याँकेको बललाई प्रहार गर्नेक्रममा फिल्डर म्याथ्युजले उनलाई ६८ रनमा क्याच छाड्दै जीवनदान दिएका थिए।