काठमाडौँ। आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेटको रूपमा अर्जुन घर्तीलाई गुमाएको हो।
उनी गेभिन होईको बलमा एलबीडब्यू आउट भएका हुन्। उनले ५ बलमा ३ रन बनाए।
त्यसअघि सातौँ ओभरको दोस्रो बलमा देव खनाल गोल्डेन डकआउट भएका थिए। उनी थोमस मेयसको बलमा फिओन ह्यान्डबाट क्याच आउट भएका हुन्।
कप्तान विनोद भण्डारी १४ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाएर आउट भए। उनलाई छैटौँ ओभरको अन्तिम बलमा म्याथ्यु हम्फ्रेजले बोल्ड गरेका हुन्।