काठमाडौँ। आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।
विनोदले १४ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए। म्याथ्यु हम्फ्रेजले बोल्ड गरेका हुन्।