काठमाडौँ। आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टोलीमा लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्तीले मौका पाएका छन्। यस्तै,बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी र हेमन्त धामीले पनि खेल्दै छन्।