काठमाडौँ। रियान परागको आक्रमक ब्याटिङसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य दिएको छ।
जयपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनायो। राजस्थानका रियानले सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे।