काठमाडौँ। पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरूलाई १७७ रनको लक्ष्य दिएको छ।
बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
पञ्जाबका कप्तन शिखर धावनले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
जितेश शर्मा २७, प्रभसिमरन सिंह २५,साम करन २३, लियम लिविगस्टन १७ र जोनी बेयरस्टो ८ रनमा आउट भए।
शशांक सिंह २१ र हरप्रीत बरोडा २ रनमा अविजित रहे।
बैंगलुरूका ग्लेन मैक्सवेल र मोहम्मद सिराजले २/२ विकेट लिए। अल्जारी जोसेफ र यश दयालको नाममा १/१ विकेट रह्यो।