काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण आगामी साताबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गा राज पाठकका अनुसार बन्द प्रशिक्षण आगामी साताबाट सुरु हुनेछ ।
'खेलाडीहरु व्यक्तिगत रुपमा सबैले तयारी गरी रहेका छन् । क्यानको औपचारीक बन्द प्रशिक्षण भने केही दिनमा नै सुरु हुनेछ,' पाठकले खेलपाटीसँग भने 'टोलीलाई पर्याप्त तयारी हुने गरि क्यानले बन्द प्रशिक्षणको तयारी गर्नेछ ।'
नेपालले मलेसियासँग आगामी मे २९ बाट पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । मलेसियाको घरेलु मैदानमा हुने सिरिज मे २९ बाट सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल रहेको छ ।
जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।