काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज बिहिबार एक खेल हुदैछ ।
आजको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुदैछ ।
पन्जाब र गुजरात दुवैले आ-आफ्नो चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा जित हात पारेका छन् ।
पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।
तेस्रो खेलमा भने कोलकत्ता नाईटराईडर्ससँग पराजित गुजरात अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
उता,पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाईटराईडर्स र राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।
तेस्रो खेलमा भने सनराईजर्स हैदराबादसँग पराजित पन्जाब अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
पन्जाबको यस अघिका तीन खेलमा अस्वस्थताका कारण टिमसँग नरहेका अलराउन्डर लियम लिभिङ्गस्टोन मोहाली आईपुगि सकेका छन् । उनी टिममा उपलब्ध भईसकेकाले आजको खेल खेल्ने सम्भावना रहेको छ ।
कोलकत्ताविरुद्धको खेलमा टिममा नरहेका गुजरातका कप्तान हार्दिक पान्ड्याले आजको खेलमा खेल्ने सम्भावना रहेको छ ।
हेड टु हेड :
गुजरात र पन्जाबबीच हालसम्म २ खेल भएको छ । जसमा दुवै टोलीले समान १/१ खेल जितेका छन् ।