काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्को सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाए ।
शिमरन हिटमायरले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाउँदा ओपनर यसस्वी जैसवाल १० रनमा आउट भए ।
चेन्नाईका लागि तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले समान २/२ तथा मोईन अलिले १ विकेट लिए ।
दिल्ली र राजस्थान दुवैले आ-आफ्नो चौथो खेल खेल्दैछ । चेन्नाई तथा राजस्थान दुवै टोलीले तीन खेलमा दुई खेलमा जित हात पारेका छन् ।
पहिलो खेलमा चेन्नाई गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
दोस्रो र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।
उता,राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित राजस्थानले तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।
हेड टु हेड :
चेन्नाइ र राजस्थानबीच हालसम्म २६ खेल भएको छ । जसमा चेन्नाईले १५ खेल जित्दा राजस्थानले ११ खेल जितेको छ ।