काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई ब्याटिङ वरीयतामा पछि पारेका छन् ।
कप्तान रोहित एकदिवसीय अन्तराष्ट्रियको ब्याटिङ वरीयतामा मोहम्मद रिजवान भन्दा अगाडी रहेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा रोहित ५९ औं स्थानमा रहेका छन्।
रोहित ५९ औं स्थानमा रहँदा रिजवान ६४ औं स्थानमा रहेका छन् ।
रोहितले पाथुम निशंका,हार्दिक पान्ड्या,मार्कस स्टोईनेस जस्ता ब्याटरलाई पछि पारेका छन् ।
ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख भने एक स्थान तल झरेर ६७ औं स्थानमा रहेका छन् ।
बलिङ तर्फ पुर्व कप्तान सन्दीप लामिछाने २३ औं स्थानमा यथावत रहेका छन् ।
बलिङ तर्फ नै सोमपाल कामी ६८ औं र दीपेन्द्र सिंह ऐरी ५३ औं स्थानमा यथावत रहेका छन् ।
तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा ९६ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा रहेका छन् ।