काठमाडौं । हङकङमा जारी फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी साफायर्स सहज रुपमा हराएको छ ।
कुलन क्रिकेट क्लब हङकङमा भएको खेलमा आर्मीको टिम ६१ रनले विजयी भएको हो ।
रुविना फेयर ब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बनेकी छिन् । समग्रमा एकै खेलमा फेयरब्रेकमा पाँच विकेट लिने उनी चौथो खेलाडी हुन् ।
आर्मीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको साफयर्सले १५ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ७ रन मात्र बनायो ।
साफायर्सका लागि तश फारेन्टले सर्वाधिक ३२ रन बनाउँदा बबिटि डि लिडिले २३ रन बनाईन् । साफयर्सका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीका लागि रुविनाले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
आर्मीका लागि ओपनर लौरा वोल्वार्डले ३२ बलमा ४९ रन बनाउँदा रुबिना क्षेत्रीले २५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३२ रन बनाएकी थिईन् ।
साफायर्सका लागि जिवना अरासले ४ विकेट लिईन् । कप्तान साना मिर, केरी चान, सिबोना जिमी र अदितिबाले समान १/१ विकेट लिइन् ।