काठमाडौं । सिंगापुरले आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।
अरित्रिया दत्तको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
समूह बी मा रहेको सिंगापुरका साथै सो समूहमा बहराइन,हङकङ,युएई र कुवेत रहेका छन् ।
बहराइनले समूह चरणका तीन खेल टियु र १ खेल मुलपानी मैदानमा खेल्नेछ । मुलपानीमा १८ अप्रिलमा हङकङसँग खेल्दै सिंगापुरले प्रतियोगिताको सुरुआत गर्ने छ ।
सिंगापुरको दोस्रो खेल टियु मैदानमा २० अप्रिलमा बहराइनसँग तथा तेस्रो खेल टियु मैदानमा नै २३ अप्रिलमा युएईसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल टियुमा २५ अप्रिलमा कुवेतसँग रहेको छ ।
समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
सिंगापुरको टोली :
अरित्रिया दत्त(कप्तान),अभि दिक्षित,अमरत्य कौल,सुरेन्द्रन चन्द्रमोहन,मनप्रित सिंह,आयान मोदी,सिदार्थ श्रीकान्त,रमेश कुलिमुन्थु,उम्लिदुराइ थालिपान,अक्षय पुरी,विनोथ बासकारान,अब्दुल रहमान,रोहन रंगाराजन,अदिति भारांगाभा,प्रसिन पराम,विनीत मेहता