काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो ।
दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले।
अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । छैटौं विकेटका लागि कप्तान वार्नर र पटेलले ६७ रनको साझेदारी गरे ।
मनिष पान्डेले १८ बलमा २६ तथा पृथ्वी शाले १५ रन बनाए । १९ औं ओभरमा दिल्लीले अक्षर र कप्तान वार्नर सहित ४ विकेट गुमाएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो ।
पछिल्लो १० बलमा दिल्लीले ५ विकेट गुमाएको थियो ।
मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए । रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए ।
दिल्लीले सिजनको चौथो खेल खेल्दैछ । मुम्बईले भने सिजनको तेस्रो खेल खेल्दैछ ।
दुवै टोली आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छन् ।
पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।
तीन खेलमा अंकबिहिन दिल्ली १० टोली सहभागी लिगको पुछारमा रहेको छ ।
उता, दुई खेलमा शतप्रतिशत हारका साथ मुम्बई नवौं स्थानमा रहेको छ ।
हेड टु हेड :
दिल्ली र मुम्बईबीच हालसम्म ३२ खेल भएको छ । जसमा मुम्बईले १७ खेल जित्दा दिल्लीले १५ खेल जितेको छ ।