काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सविरुद्ध पहिला बलिङ गर्दैछ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजे पछि दिल्लीले पहिला ब्याटिङ गर्दै छ।
दिल्लीले सिजनको चौथो खेल खेल्दैछ । मुम्बईले भने सिजनको तेस्रो खेल खेल्दैछ ।
दुवै टोली आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छन् ।
पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।
तीन खेलमा अंकबिहिन दिल्ली १० टोली सहभागी लिगको पुछारमा रहेको छ ।
उता, दुई खेलमा शतप्रतिशत हारका साथ मुम्बई नवौं स्थानमा रहेको छ ।
हेड टु हेड :
दिल्ली र मुम्बईबीच हालसम्म ३२ खेल भएको छ । जसमा मुम्बईले १७ खेल जित्दा दिल्लीले १५ खेल जितेको छ ।