काठमाडौं । आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि मलेसियाले १४ सदस्यीय टोली घोषणा गरेको छ।
अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीको उपकप्तानमा विनरदिप सिंह रहेका छन्।
समूह ए मा ओमानसँगै आयोजक नेपाल, कतार, मलेसिया र साउदी अरेविया छन् ।
मलेसियाले समूह चरणका तीन खेल मुलपानी र एक खेल टियु मैदानमा खेल्नेछ । मलेसियाले टियु मैदानमा १८ अप्रिलमा घरेलु टोली नेपालसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
मुपानी मैदानमा दोस्रो खेल २० अप्रिलमा साउदी अरबसँग खेल्दा तेस्रो खेल मुलपानी मैदानमा नै २३ अप्रिलमा ओमानसँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल २५ अप्रिलमा मुलपानी मैदानमा कतारसँग रहेको छ ।
समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान रहेका छन् । नेपालसँग खेल्ने ओमानको टोली भने सोमबार नै नेपाल आईसकेको छ ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
मलेसियाको टोली :
अहमद फैज(कप्तान),विरनदिप सिंह(उपकप्तान),सईद अजइ,शरभिन मुनियान्दि,अमिर अजिम,फित्री साम,खिजरी हायात,रिजवान,विजय उन्नी,अनवर रहमान,नज्जिल रहमान,मुहम्मद अजाम,वाफिक इफार्न,सैहदइत