काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा भिम सार्की आउट भएका हुन् ।
भिमले ३७ बलमा २९ रन बनाएका थिए । रोहन मुस्ताफाको बलमा भिम आउट भएका हुन् ।
नेपालले अहिले २२ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले २ रन हुँदा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।
तेस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।