काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका छन् ।
कुशल मल्लले १५ बलमा ९ रन बनाएका थिए ।
मल्ल जुनेद सिद्धिकीको बलमा आउट भएका हुन् ।
नेपालले अहिले ७ ओभर १ बलमा ३ विकेट गुमाएर २२ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा नेपालले २ रन मा ओपनर आसिफ शेखलाई गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेल आउट भएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।