काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गरीरहेको छ ।
ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् ।
५ बलमा शुन्य रन बनाएका थिए । आर्यान लाक्राको बलमा आउट भएका हुन् ।
नेपालले अहिले १ ओभर ५ बलमा १ विकेट गुमाएर २ रन बनाएको छ ।
आसिफले अघिल्लो खेलमा शतक बनाएका थिए ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल जारी रहेको छ ।