काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रबार यूएई र पपुवा न्यु गिनी(पीएनजी)बीचको खेल जारी रहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले १० ओभर १ बलमा १ विकेटमा ७२ रन बनाएको छ ।
किप्लीन डोरिगाले ५५ रन बनाउँदा आयान खानको बलिङमा आउट भए । हिरी हिरी १६ रनमा अविजित रहेका छन् ।
डोरिगाले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् ।
पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।
सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुआत गर्न चाहान्छ । तर,घरेलु मैदानमा यूएईलाई सहज रुपले पराजित गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।
विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ ।
यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।