काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रबार यूएई र पपुवा न्यु गिनी(पीएनजीबीच खेल हुदैछ ।
दुई टोलीबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।
सिरिजमा पहिलो खेल खेल्न लागेको यूएई भने जितका साथ यो सिरिजको सुरुआत गर्न चाहान्छ । तर,घरेलु मैदानमा यूएईलाई सहज रुपले पराजित गरेको पीएनजीलाई पराजित गर्न सहज भने छैन ।
विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ ।
यूएई सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनि ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।