काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) लाई ५२ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
पीएनजीविरुद्धको खेलमा नेपालका आसिफ शेख प्लेयर अफ द म्याच चुनिए ।
नेपालको जितमा आसिफले शतकीय इनिङ खेलेका थिए ।
आसिफले १ सय १० बलमा १ सय १० रन बनाएका हुन् । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन्।
यसै खेलबाट आसिफले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।
यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।