काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपालमा आयोजना हुने अन्तिम त्रिकोणात्मक सिरिजमा सहभागी हुन पपुवा न्युगिनी(पीएनजी) टोली आज नेपाल आईपुगेको छ ।
असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको नेपाल आईपुगेको हो ।
आगामी बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा पीएनजी , घरेलु टोली नेपाल तथा यूएईको सहभागीता रहने छ
पीएनजीले घरेलु टोली नेपाल र यूएईसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।
सिरिजको पहिलो खेलमा पीएनजीले आयोजक नेपालसँग खेल्नेछ । १० मार्च शुक्रबार यूएईसँग खेल्ने पीएनजीले मार्च १३ सोमबारका दिन नेपालसँग खेल्नेछ ।
१५ मार्च बुधबार यूएईसँग खेलेर पीएनजीको विश्वकप लिग टू का खेलहरु सकिनेछ ।
नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।