काठमाडौं । नेपालका बलर करण केसीले लिग टु सिरिजमा ५० विकेट पूरा गरेका छन् ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएईमा जारी रहेको त्रिकोणात्मक सिरिजमा घरेलु टोली यूएईविरुद्धको खेलमा केसीले ५० विकेट पुरा गरेका हुन् ।
२ सय ३० रनको लक्ष्य पछ्याईरहेको यूएईका अलिसान सरफुको विकेट लिएसँगै करणको ५० विकेट पूरा भएको हो ।
करणले २८ लिग टू खेलमा ५० विकेट पूरा गरेका हुन् । २०१९ देखि सुरु लिग टू सिरिजमा ५० विकेट पूरा गर्ने छैटौं बलर हुन् ।
नेपालका लागि भने केसी दोस्रा बलर हुन् । यस अघि नेपालका सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका थिए ।
विश्वकप लिग टुमा ३५ खेलबाट ७६ विकेट पूरा गरेका ओमानका बिलाल खान शीर्ष स्थानमा रहेका छन् ।