काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले लगातार दुई विकेट लिएका छन् ।
दीपेन्द्रले पहिलो विकेटका रुपमा आसिफ खान तथा दोस्रो विकेटका रुपमा कार्तिक मैयप्पनलाई आउट गराए । आसिफ ८२ तथा मैयप्पन शुन्य रनमा आउट भएका हुन् ।
यूएईका कप्तान समेत रहेका ओपनर मुहम्मद वासिम ईनिङको दोस्रो बलमा नै आउट भएका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।