काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ ।
सोमपाल कामीले नेपालका लागि पाँचौ सफलता दिलाएका हुन् । सोमपालले यूएईका रोहन मुस्ताफालाई आउट गराएका हुन् ।
रोहनले ११ बलमा ६ रन बनाएका थिए । चौथो विकेटका रुपमा सीपी रिजवान आउट भएका थिए ।
तेस्रो विकेटका रुपमा वृत्य अरबिन्द आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा यस अघि आर्यन लाक्रा आउट भएका थिए ।
लाक्राले ७८ बलमा ५० रन बनाए । अहिले यूएईले ३० ओभर १ बलमा ३ विकेट गुमाएर १ सय २३ रन बनाएको छ ।
यूएईका कप्तान समेत रहेका ओपनर मुहम्मद वासिम ईनिङको दोस्रो बलमा नै आउट भएका थिए ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।